पढ्नै पर्ने

अहिले लोकतन्त्र खतरा देख्ने,सत्तामा रहदाँ केहि नदेख्ने ?

काठमाण्डौ । लोकतन्त्रको गाडी लडखडायो, कुनै पनि बेला दुर्घटनामा पर्नसक्छ ।

यो पूर्वराष्ट्रपति डा.रामवरण यादवको निष्कर्ष हो ।

लोकतन्त्र कसैका कारणले होइन, प्रमुख दलहरुकै कारण लडखडाएको निष्कर्ष पनि पूर्वराष्ट्रपतिको छ ।

संविधान जारी हुँदा जुन उत्साह देखिएको थियो, त्यसपछि त्यो उत्साह निराशामा परिणत भएको र अस्थिर स्थिति नै रहेको बताउँदै पूर्व राष्ट्रपतिले संविधान जारी गर्नु मेरो बाध्यता थियो, संविधान कार्यान्वयन हुन सकेन, चुनाव भएन भने लोकतन्त्र गुम्छ ।

९१ प्रतिशतले ल्याएको संविधान काम न काजको भयो, गृहजिल्ला धनुषा पुगेर लोकतन्त्र गुम्न सक्ने खतरा देखे देखाएका हुन् यादवले ।

यादव जी लामो समय सत्तामा रहदाँ केहि नदेख्ने ! अहिले लोकतन्त्र गुम्न सक्ने खतरा देख्ने कस्तो काइदा हो यो ? 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने