पढ्नै पर्ने

युवा स्वरोजगार कार्यक्रमको १२ करोड कसले खायो ?

काठमाडौं । साना व्यवसायी तथा युवा स्वरोजगार कार्यक्रमका लागि छुट्याइएको कार्यक्रममा साढे १२ करोड रुपैयाँ हिनामिना तथ्य फेला परेको छ ।

कार्यक्रम हेर्ने अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार पार्टीका कार्यकर्ता र नेताहरूले रकम दुरुपयोग गरेका हुन् । यो कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालयले ३१ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अहिलेसम्म १ अर्ब लगानी भइसकेको छ ।

‘मन्त्रीको तोक लागेको भरमा कार्यकर्तालाई रकम वितरण गर्दा दुुरुपयोग बढेको हो’ अर्थ मन्त्रालय स्रोतले भन्यो । मन्त्रालय स्रोतका अनुसार हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, मधुवन बचत तथा ऋण सहकारी संस्था, हिमालय फाइनान्स लि., नेपाल केन्द्रीय जडीबुटी सहकारी संस्था र मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्थामार्फत सञ्चालित १२ करोड ६३ लाख ५३ हजार ९ सय ७४ रुपैयाँ हिनामिना भएको हो ।

कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई विभिन्न सहकारी संस्थामार्फत व्यवसाय गर्नका लागि ऋण दिइन्छ । यसबाहेक कार्यक्रमको २० करोड रुपैयाँभन्दा बढी फस्र्योट हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने