विशेष खबर

डा, इसुजंग कार्कीको संरक्षणमा विदेशी क्रिश्चियन धर्म प्रचारक चितवनको सौराहमा  !

काठमाडौं । केहि दिनदेखि जापानीजहरुले दाङको घोराहीमा क्रिश्चियन धर्म प्रचारमा अब्यस्त भएको समाचार सेलाउन नपाउदैँ अर्का कोरियन धर्म प्रचारकहरु फेला परेको खबर छ ।

चितवनको सौराहमा क्रिश्चियन धर्म प्रचारका लागि गरिरहेको एक गोप्य सम्मेलनमा ती क्रिश्चियन धर्म प्रचारकको तस्विर अभियान टाइम्स साप्ताहिकले फेला पारेको हो ।

उनीहरुले चितवनको सौराहमा क्रिश्चियन धर्म प्रचारक दक्षिण कोरियन विदेशी सहित नेपालीको एक समुहले केहि दिन अघि गोप्य बैठक सम्पन्न गरेको हो ।

उनीहरुले विभिन्न प्रकारका धर्म प्रचारका सामाग्री बोक्दै प्रचार प्रसारमा जुट्न एक समितिनै बनाएको समाचार प्राप्त भएको छ ।

सम्मेलनमा नेपाल इभान्जलीक होलीनेस चर्चेजका कोरियन यु सर र हान मिस सहित केहि कोरियनहरु सहभागी भएका थिए । उक्त सम्मेलनमा डा इसुजंग कार्की समेत सहभागी थियो ।

उक्त संस्थामा हालीमुहाली गर्दै आएका डा इसुजंग कार्कीको संरक्षणमा विदेशी क्रिश्चियन धर्म प्रचारक चितवनको सौराहमा  जम्मा भएका हुन् स्रोत भन्छ ।

नेपाल इभान्जलीक होलीनेस चर्चेज भनि नेपालमा दर्ता भएको सो संस्थामा किन कोरियनहरु हावी हुँदै आएकाछन् । यो खोजीको विषय भएको छ । 


धर्म परिवर्तन जवर्जस्ती गराउन नपाइने ऐन नियम भए पनि मुलुक भित्र खुले आम विदेशीहरु समेत धर्म प्रचारमा जुटेकाछन् ।

प्रतिकृया दिनुहोस