राष्ट्रिय

पौडेलबीचको सम्बन्धलाई ‘डिप लभ’ ! आरजुलाई स्थापित गर्न सहमहामन्त्री रिजर्भ !!

 
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमति आरजु राणा देउवालाई स्थापित गर्न सहमहामन्त्रीको संख्या बढाएको खुलेको छ ।

महासमिति बैठकमा विपरित धारमा रहेका सभापति देउवा र नेता रामचन्द्र पौडेलबीचको सम्बन्धलाई ‘डिप लभ’ को संज्ञा दिए पनि विधानमा आफ्नै जीवन संगिनीलाई राजनीतिमा स्थापित गर्न सहमहामन्त्री प्रयोग गर्ने तयारीमा देउवा छन् ।

महासमितिले पारित भएको विधानले दुई उपसभापति, दुई महामन्त्री, सात सह(महामन्त्री हुने व्यवस्था गरेको छ ।

त्यहाँ व्यवस्था भएका अन्य पदमा उम्मेदवार बन्ने मान्छे को हुन्छन भन्ने जोड घटाउ सुरु भए पनि महिला सहमहामन्त्रीमा भने आरजु अहिलेको संस्थापन पक्षबाट उम्मेदवार बन्ने निश्चित भएको बताइन्छ । सभापति देउवाको निजी स्वार्थका लागि त्यो पद अहिलेबाट रिजर्भ रहेको कतिपयले बुझेका छन् ।

सांसदका लागि कैलालीबाट चुनाव लडेकी देउवापत्नी आरजु पराजित भएकी थिइन । स्रोतका अनुसार महिला सहमहामन्त्रीमा पत्नीलाई ल्याउनका लागि पौडेलसँग देउवाले सहमति गरिसकेका छन् ।

‘सभापतिको एकाधिकारवाद तोडियो भनिएको छ । तर, देउवाले पत्नी आरजुकै लागि सह–महामन्त्रीको संख्या त्यति प¥याए’, एक केन्द्रीय सदस्य भन्छन् ।

पदाधिकारीसहित पौडेललाई समेत ककटेल डिनरमा बोलाएर आफुलाई बलियो देखाएका सभापति देउवाको आगामी महाधिवेशनको रणनीतिमा ‘उधारो प्रधानमन्त्री’ पदको लोभ पनि फ्याँकेका छन् ।

जसका कारण पौडेलले कोइराला गुटलाई बेलामौका छाडौंला झैं गर्छन् । तर, केही हप्ता अघि सुजातानिवासमा भएको लन्च बैठकमा पौडेल पनि पुगेका थिए। त्यो गठजोडको विछोडचाहीँ महासमिति बैठकका क्रममा भएको प्रष्टै देखियो ।

प्रतिकृया दिनुहोस