पढ्नै पर्ने

सुशासनको सुरूवात

सनतकुमार थापा -

मंसिर पुषको चिसोमा स्यालहरू कराउन थालेछन्।
खोरमा पालि राखेको ब्वाईलर कुखुराहरूलाई देखेर ।।

कुकुरहरू एक आपसमा ङ्यार ङ्यार गरि घुर्न थालेछन् ।
फालिएको एक टुक्रा हड्डी जसमा मासु टासियको छकि भनेर।।

घमासान लडाइँ झै झगडा गरि कुकुरहरू सबै रगताम्मे भए ।
आखिर त्यो टुक्रा हड्डीमा न मासु न हड्डी भित्रको तन्तु नै रहे ।।

लोभी बिरालो कुडेको दुध देखेर मुख मिठ्याई मिठ्याई बसेछ ।
यो घरका सबै मानिस मरेर गए कुडेको सबै दुध मेरो हुन्छ भनेर ।।

त्यो लोभी बिरालोलाई के थाहा कुडेमा दुध कसरी आउछ भनेर ।
कहिले घरका मानिसहरू सबै जना मर्छ भनि बसेछ दिनहरू गनेर

तिमिहरुले के पायौ धुर्त स्यालहरु खोर भित्रको कुखुरा हेरेर ।
लौ के पायौ मुर्ख कुकुरहरू एक आपसमा ब्यर्थ झगडा गरेर ।।

स्याल पनि जिलमिलियो खोर भित्रको ब्वाईलर कुखुरा देखेर।
कुकुरहरु हेर अनावश्यक लडे मासु विनाको हड्डीलाई लिएर ।।

राखे मानिसले दुधको कुडे जाली भएको दराज भित्र थन्काएर ।
बिरालो रन्थनायो लौ कुडेको दुध एक थोपा पनि खान नपाएर।।

यहि होला यिनीहरूले पनि संक्रमणकालिन अभ्यासमा ब्यस्त भएका ।
होला यिन्ले पनि आ-आफ्नो ढंगले असल सुशासनको सुरूवात गरेका।। ।।

प्रतिकृया दिनुहोस