विशेष खबर

एकाएक चर्च खडा गरेर स्थानियलाई धम्क्याउने पास्टरलाई लखेटियो : गाउँले

छायाचन्द्र भण्डारी,काठमाडौं । विवादस्पद एशिया प्यासिफिक समिट नाममा धर्मान्तरण भयो भनेर मुलुक भरका जनता आक्रोशित भएकाछन् । राज्य नेतृत्व गरेकाहरुनै यसमा सामेल भएपछि खैलाबैला मच्चियो । यसको हिसाव सत्ताधारीलाई आगामि निर्वाचनमा जनताले देखाइदिने चर्चा अझै पनि चुलिएको छ  ।

सो कार्यक्रमको सह आयोजक बन्न लागेको ओली सरकार थचक्कै पर्यो । तर भित्र भित्रै खुलेर उकत समिटलाई आर्थिक सहयोग भने गर्यो । 

क्रिश्चियनहरुको झुण्डले राखेको उक्त कार्यक्रम धर्मान्तरण लक्षित थियो सरोकारवालाहरुले खुलेरै भनेकाछन् । विवादस्पद एशिया प्यासिफिक समिटको अन्तराष्टिय चर्चा नसेलाउदैँ सिन्धुपाल्चोकको एक चर्चमा अर्को घटना घटेको खबर छ । त्यहा एकाएक चर्च खडा गरेर स्थानियलाई धम्क्याउने एक पास्टरलाई स्थानियले लखेटेकाछन् ।  

जिल्लामा हिन्दु अभियान्ता र क्रिश्चियन विच झडप भएको छ । धर्मान्तर ठूलो रूप लिन सक्ने भएकोले यसको विरूद्दमा आवाज उठाइ सम्पूर्ण नेपाली जनता एक भइ परास्त गर्नु पर्ने भनिरहेका बेला सिन्धुपाल्चोकमा क्रिश्चियनको समुह (सच्चाइ केन्द्र)ले जबरजस्ती चर्च स्थापना गरेर शक्ती प्रर्दशन गरेको भन्दै स्थानियहरु आक्रोशित भएका हुन् ।

सिन्धुपाल्चोक स्थित चौतारा गढी नगरपालिका -१२ पोर्थोक नजिकै केहि महिनादेखि जबरजस्ती चर्च स्थापना गर्ने पास्टर नेत्रराज गिरीले स्थानियहरुलाई धम्क्याउने कार्य भए पछि बिरोध भएको हो ।

सच्चाइ केन्द्रका उनले विभिन्न रोग निको पारिदिन्छु भन्दै स्थानियहरुलाई विभिन्न लालचा देखाउने गरेको पिडितहरुले बताएकाछन् । 

स्थानिय विनोद गिरी, यमबहादुर गिरी,वालकृष्ण गिरी,दिलबहादुर गिरी,भिमबहादुर गिरी,गिता गिरी लगायत गाउँले नै उत्रिए पछि प्रहरीले उक्त सच्चाई चर्चमा ताला समेत लगाएको हो ।

पटक पटक यहाँ चर्च स्थापना नगर्नुस भन्दा उहाँहरुले हामी को हो ? चिनेको छस भन्दै उल्टै धम्क्याए । घटनाले अर्कै रुप लियो । अनी सबै गाउँले जम्मा भएर चर्चमा आउन रोक लगाए । 

एक कान दुई कान उक्त झगडा प्रहरीकोमा पुग्यो । प्रहरीले नै चर्चमा विवाद साम्य नहुन्जेलका लागि ताला लगाउने सहमती गरायो । ढुंगामुढा समेत हुन थालेपछि उक्त चर्चमा प्रहरीले ताला लगाएको छ, स्थानिय विनोद गीरीले अभियान टाइम्स साप्ताहिसँग भने ।

यो वस्तीमा बल पुर्वक चर्च खडा नगर्नु ,स्थानियको बिरोध छ, भन्दा उहाँहरु झगडा गर्नु भो गाउँले उठेर आइलागे । उनले थपे ।   

प्रतिकृया दिनुहोस