पढ्नै पर्ने

सुरक्षित चराहरु

परशुराम ढकाल -

चराहरू, उडिरहेछन् स्वच्छन्द गाइरहेछन् स्वच्छन्द
डर छैन उनीहरूलाई उड्न डर छैन उनीहरूलाई गाउन घरी एउटा हाँगो
घरी अर्को हाँगो चहारिरहेछन् रुखरुख घुमिरहेछन् जंगल जंगल मारिरहेछन् फेरो
मानौं  आकाश सिंगो उनीहरूकै लागि हो फिजाइरहेछन् सन्देश – शान्तिको
सुखको आनन्दको ।

चराहरू गरिरहेछन् एकालाप भरिरहेछन् धुन
प्रकृतिको सुन्दर गीतमा झ्याउँकीरीको चाइँ¥याइँमा थपिरहेछन् डम्फु र मादल ।
डाफेँ आफ्नो रंगले
लेक रंगाउँदै छ
मयुर आफ्नो प्वाँखले तराई सजाउँदै छ लाम्पुच्छे«, कोइली
परेवा र सुगाहरू
शरद् र वसन्तमा
रंग भरिरहेछन्
मानौँ प्रकृतिमा
उनीहरू सधैँ सुरक्षित छन्

समय बदिलएको छ प्रकृति धरापमा !!
मानिस भनिरहेछ – “सिंगो ब्रह्माण्ड मेरो हो
त्यसको मालिक
मै हुँ  

त्यसमा मुख्य हक
मेरै छ”
दिनप्रति दिन
मानिस धराप बुन्दो छ
खोला नाला, हिमाल–तराई, पाखा–पखेरा, उकाली–ओराली मानिसको धरापमा फसेका छन् चराहरू हो होसियार !!
छैनौं तिमीहरू पनि सुरक्षित तिम्रा पखेटा काटिँदै छन् तिम्रा चुच्चा भाँचिँदै छन् तिम्रा गुँडहरूमा
गोमन पुगिसकेको छ बचेराहरू असुरक्षित छन् सोच.... 
अब तिमीले  संघर्ष गर्नु पर्नेछ मानिससित
क्रान्ति गर्नुपर्ने छ मानिससित
नारा लगाउनुपर्नेछ स्वतन्त्रताका लागि सुरक्षाका लागि
प्राकृतिक हकका लागि ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने