राष्ट्रिय

सम्पादकीय: नयाँ युगतर्फको सुरुवातलाई सलाम 

काठमाडौँ । खराब मित्र भन्दा असल सत्रु राम्रो प्रेरक भनाईबाट हामीले सिक्नै पर्छ । सत्ता पक्ष होस् या प्रतिपक्ष राम्रा कामको सुरुवातलाई सलाम गर्ने संस्कारको खाँचो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताउदै गर्दा कार्यन्यन पक्षमा सबैले मिलेर साथ दिनु पर्छ । सामाजिक साझेदारीमा आधारित अभियानका रुपमा सामाजिक सुरक्षाका योजना शुरुआत गरिएको स्पष्ट छ ।

राज्य भनेको हुने खानेहरु भन्दा नहुँदा खानु पर्नेहरुका लागि बढि प्राथमिकता हो । गरिब र असायका लागि राज्य अरु उत्तरदायी बन्नु पर्छ । पहिलो सामाजिक सुरक्षा दिवस र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको विशेष समारोहमा शुभारम्भ गर्दै ओलीले भर/अभरमा सुरक्षा दिने र श्रम गरेवापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावक भएको स्पष्ट पारे । नयाँ युगतर्फको सुरुवातलाई सलाम छ । २५ वर्ष पहिले अल्पमतको सरकार बनेका बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेको बताउदौं गर्दा प्रतिफलका बारेमा पनि उत्तिकै गम्भिर भएर सरकार लाग्नु पर्ने हुन्छ ।  

वृद्धभत्ता वितरण शुरु गर्दा कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको जस्ता अनावश्यक र गैरजिम्मेवार आरोप लगाएरै प्रतिपक्ष पन्छिन मिल्दैन् । 

“यो नयाँ प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र हैन, सबैका लागि हो । यो ज्याला रोजगारी हुने र नहुने युवा हुन् वा वृद्ध, स्वस्थ्य हुन् कि बिरामी, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैलाई हो ।”सरकारले यस्तै हुने जनाएको छ । सरकार श्रमजीवी जनताको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन रहेको छनक देखिएको छ ।

“सरकार हरायो, कहाँ छ, के गर्दैछ भन्नेलाई आज म भन्न चाहन्छु, भनेर कुर्लिनु भन्दा राम्रा काम गर्दै गए समयले बताउने नै छ ।  समाज निराशामा रहेको अवस्थामा हौसला र सपना देखाउनुपर्ने काम भएकोमा होस्टेमा हौंसे हामी सबैले गर्नै पर्छ । गर्भमा रहेदेखि नहुर्केसम्म शिशु संरक्षण र स्याहारको ‘सुनौलो एक हजार दिन’को अवधारणा आफूहरुले नै ल्याएको जानकारी दिँदै प्रधानमन्त्रीले बाल संरक्षण अनुदान, मातृत्व संरक्षण सुविधा, सबैका लागि शिक्षाजस्ता कार्यक्रम यसपछिका शृङ्खला हुन् भनेर लोभ्याउनु भएको छ । कार्यक्रमका रुप रेखालाई बिरोधमात्र गर्ने परम्परा तोड्नै पर्छ । अब मुलुकको आर्थिक क्रान्ती र सम्बृद्धीका लागि कोही कसैले पक्ष विपक्षका नाममा भाँजो पार्ने काम गर्नु हुदैन ।  

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने