Slider

मजदुरलाई सोध्नुस्, श्रमजीविलाई सोध्नुस्, दुख पाएका गरिबलाई सोध्नुस् सरकार कहाँ छ ? : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजना सामाजिक साझेदारीमा आधारित नयाँ अभियान भएको बताउनु भएको छ । सामाजिक सुरक्षा कार्यक्रमको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यो योजना सामाजिक साझेदारीमा आधारित नयाँ अभियान भएको दाबी गर्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रमको प्रधानमन्त्री ओलीले आज औपचारिक रुपमा सुरुवात गर्नुभयो । 

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेका छन, सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो । मजदुरलाई सोध्नुस्, श्रमजीविलाई सोध्नुस्, दुख पाएका गरिबलाई सोध्नुस् सरकार कहाँ छ ?”

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने