विशेष खबर

डा. केसीले दिए सरकारलाई अल्टिमेटम, निर्मला हत्या घटनाका दोषीलाई कारवाही गर्न माग

काठमाडौं । त्रिभुवन शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले आफूसंग गरेको सहमति अविलम्ब कार्यान्वयन गर्न माग गरेकाछन् ।

अस्पताल परिषरमै आज पत्रकार सम्मेलन गर्दै डा केसीले आगामी पुष २ गतेसम्म सहमति कार्यान्वयन नभए पुनस् अनसन बस्ने चेतावनी दिएका हुन् ।

यस पटक उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरेकाछन् । यस्तै काठमाडौं विश्वविद्यालयले बढाएको शुल्क तत्काल फिर्ता गर्न समेत रहेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने